सातामा २ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Jun 22, 2024 05:53 AM Merolagani



यस साता नेप्से परिसूचक २ प्रतिशत घटेर बन्द भएको छ। गत साता २११२.२९ विन्दुमा बन्द भएको नेप्से, यस साता २.०८ प्रतिशत अर्थात ४३.९८ अंक घटेर २०६८.३१ विन्दुमा झरेको छ।

यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये एक कारोबार दिन नेप्से बढेको थियो भने तीन कारोबार दिन घटेको थियो। यस साताको बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको थियो।

 

यस साता सेन्सेटिभ इण्डेक्स २.४४ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स २.२० प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६३ प्रतिशत घटेको छ।

नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ५ अर्ब ७१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ४ अर्ब २० करोडको शेयर कारोबार भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २६.४९ प्रतिशत घटेको हो। त्यस्तै, यस साता नेप्सेको दैनिक औषत शेयर संख्या २२.०९ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या २१.३१ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि २ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३३ खर्ब ४९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ६९ अर्ब घटेर ३२ खर्ब ७९ अर्बमा झरेको छ।

१३ उपसमूहमध्ये यस साता वित्त उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस साता वित्त उपसमूहको परिसूचक २.६४ प्रतिशत बढेको छ। गत साता २२८०.५६ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ६०.२० अंक बढेर २३४०.७६ विन्दुमा पुगेको छ।

यस साता विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.०३ प्रतिशत घटेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २३२.९७ अंक घटेको छ।

यस साता आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको ६२ हजार ३३८ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ।

यस साता नेपाल फाइनान्सको शेयरमूल्य सर्वाधिक २६.५२ प्रतिशत बढेको छ। त्यस्तै, यस साता समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १४ प्रतिशत बढेको छ भने माण्डु हाइड्रोपावरको शेयरमूल्य करिब १२ प्रतिशत बढेको छ। कारोबारमा आएको भगवती हाइड्रोपावरको शेयरमूल्य यस साता सर्वाधिक १६ प्रतिशत घटेको छ। त्यसैगरी, यस साता मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य १५.७६ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता रसुवागढी हाइड्रोपावर, विजय लघुवित्त, नेपाल फाइनान्स लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने भगवती हाइडोपावर डेभलपमेन्ट कम्पनी, नेपाल दूरसञ्चार कम्पनी, ग्रिनलाइफ हाइड्रोपावर लगायतका स्टक मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




comments powered by Disqus

बजार घटेपछि सांसद देखि लगानीकर्ताले भेटे अर्थमन्त्री, ७ सुझाव दिँदै भने-अवैज्ञानिक पूँजीकरण गणनाले बजार घटायाे

Sep 01, 2024 05:14 PM

अवैज्ञानिक पूँजीकरण गणनाले बजारमा गलत सन्देश प्रवाह गरेको भन्दै अर्थमन्त्रीको ध्यानकषर्ण गराइएको छ । आईतबार प्रतिनिधि सभाका सांसद हरि ढकाललगायत ब्रोकर, मर्चेन्ट क्यापिटल र लगानीकर्ताको प्रतिनिधिले अर्थमन्त्रीलाई ७ बुँदे सुझाव बुझाउँदै ध्यान आकर्षण गराएका हुन ।