बुलिस ट्रेन्डमा लगानीकर्ताले सबैभन्दा बढी पैसा कुन सेक्टरमा खन्याइरहेका छन् ? अनि बढ्न चाहिँ कुन सेक्टर धेरै बढ्यो ?

Jul 23, 2024 06:10 PM merolagani



सुवास निरौला

गएको असार १७ गते देखि शेयर बज।र तीव्र गतिमा  बढ्न थालेको हो। गत असार १७ गते सूचक २०५३.३८ अंकमा थियो। त्यस यता साउन ७ गतेसम्म सूचक २१.१७ प्रतिशतले बढेर २४८८.०९ अंकमा उक्लिएको छ।

तल्लो बिन्दुबाट सूचक २० प्रतिशत बढेमा बजार बुलिस ट्रेन्डमा गएको मानिन्छ। तर बजारले गत वैशाखदेखि नै बढ्दो लय समातेको थियो। किनकि गत वैशाख २४ गते सूचक सबैभन्दा तल्लो बिन्दु १९५८.७५ अंकमा झरेको थियो। त्यस यता बढेको बजार साउन ७ गतेसम्म आइपुग्दा ५२९.३४ अंकले बढी सकेको छ। जुन २७.०२ प्रतिशतको वृद्धि हो। तर तीव्र गतिमा भने गत असार १७ गतेदेखि बढेको हो।

असार १७ यता लगानीकर्ताले दोस्रो बजारमा आँखा चिम्लिएर पैसा खन्याइरहेका छन्। असार १७ यता लगानीकर्ताले कुन सेक्टरका शेयरमा सबैभन्दा बढी पैसा खन्याइयो भने मेरो लगानीले तथ्याङ्क विश्लेषण गरेको छ। जुन विश्लेषणले सबैभन्दा बढी पैसा जलविद्युत कम्पनीमा खन्याएको देखिएको छ। असार १७ यता मात्रै लगानीकर्ताले जलविद्युत क्षेत्रमा ३७ अर्ब ८१ करोड रुपैयाँ खन्याइ सकेका छन्। जुन सबैभन्दा बढी हो। तर जसरी जलविद्युत क्षेत्रमा लगानीकर्ताले पैसा खन्याएका छन्। त्यसरी नै उक्त क्षेत्रको शेयर मूल्य भने बढेको छैन। असार १७ यता जलविद्युत क्षेत्रको सूचकमा १९.७५ प्रतिशत मात्रै वृद्धि देखिएको छ।  

शेयर मूल्य बढेको आधारमा हेर्दा वाणिज्य बैंकको शेयरमा पैसा खन्याउनेहरू सबैभन्दा बढी नाफामा देखिएका छन्। असार १७ यता पैसा खन्याइको हिसाबले वाणिज्य बैंक तेस्रो स्थानमा छ। वाणिज्य बैंकको शेयरमा कुल १३ अर्ब ५६ करोड रुपैयाँ आएको छ। जबकि वाणिज्य बैंकको सूचकको वृद्धि २८.३६ प्रतिशत छ।  यो वृद्धि नै दोस्रो सबैभन्दा बढी हो। सबैभन्दा बढी भने ट्रेडिङ समूहको शेयरमा देखिएको छ। उसको वृद्धि ३०.१० प्रतिशत छ।

यस अघि सधैँ उपेक्षा गरिने वाणिज्य बैंकको शेयरमा लगानीकर्ताले राम्रो मुनाफा गरेका छन्। जबकि यस अघिको बुल बजारमा वाणिज्य बैंक समूहको प्रदर्शन निक्कै कमजोर रहने गरेको थियो। यस पटक भने वाणिज्य बैंकको शेयर मूल्य वृद्धिले लगानीकर्ता आश्चर्यमा परेका छन्। ३२ सय अंकको रेकर्ड कायम गर्दा जलविद्युत क्षेत्रले जसरी लिड गरेको थियो। त्यसैगरी यस पटक पनि लिड गर्ने अपेक्षामा लगानीकर्ताले सबैभन्दा बढी पैसा खन्याएको भएपनि यस पटक भने जलविद्युत क्षेत्रले वृद्धिमा भने वाणिज्य बैंकलाई उछिन्न सकेको छैन।

पैसा खन्याइको हिसाबले हेर्दा फाइनान्स समूह दोस्रो स्थानमा छ। उक्त सेक्टरमा १५ अर्ब ४६ करोड आएको छ। तर उक्त समूहको सूचकको वृद्धि भने १७.१५ प्रतिशत मात्रै छ।

असार १७ यता जुन गतिमा शेयर बजार बढी रहेको छ। त्यसमा लगानीकर्ताले फन्डामेन्टल्ली राम्रा कम्पनी छानिरहेका देखिन्छ। जसले बजारलाई परिपक्वता तर्फ लगिरहेको बुझ्न सकिन्छ। थोरै भए पनि लाभांश दिने र ऋणको लागि उपरयुक्त मानिने कम्पनीको वृद्धि बढी हुनुले शेयर बजारलाई दिगो वृद्धि कायम गर्न सहयोग मिल्ने देखिन्छ। यस अघिको बुलमा भने लाभांश दिने भन्दा पनि क्यापिटल गेन मै चित्त बुझाउनु पर्ने कम्पनीको शेयरमा बढी उछाल आएको थियो। जुन वृद्धि दिगो हुन सकेको थिएन।

तर शेयर बजार बुलिस ट्रेन्ड उन्मुख हुँदै गर्दा यस पटक पनि पुरानै प्रवृत्ति दोहोरिएको छ। बुलिस ट्रेन्डमा शेयर बजार लम्किँदै गर्दा सबैभन्दा सस्ता शेयरमा लगानीकर्ताले बढी कमाउने गरेका छन्। जुन यस पटक पनि दोहोरिएको छ। किनकि मूल्यका हिसाबले वाणिज्य बैंकको शेयर मूल्य निक्कै सस्ता देखिएका थिए। जसले गर्दा यस पटकको वृद्धिमा सबैभन्दा बढी कमाउनेमा सोही समूह परेको छ। ३२ सयको बुल आउनु भन्दा अघि सबैभन्दा सस्ता शेयर जलविद्युतका रहेका थिए। त्यस बेला जलविद्युत कम्पनीका शेयर ५० रुपैयाँ प्रति कित्तासम्म रेका थिए। त्यस बेला सोही समूहको शेयर मूल्य सबैभन्दा बढी बढेको थियो।

हुन त बुलिस ट्रेन्डमा रहेको बजारमा सबै समूहका शेयर मूल्य बढेका छन्। तर यस पटक कुन समूहले लिड गर्छ त्यो भने आउने दिनले बताउने छ। अहिलेसम्मको स्थितिमा ट्रेडिङ सबैभन्दा माथि देखिएको छ भने दोस्रोमा वाणिज्य बैंक र तेस्रोमा होटेल र चौथोमा मात्रै जलविद्युत छ। पैसाका हिसाबले भने जलविद्युत पहिलोमा छ भने फाइनान्स दोस्रोमा, तेस्रोमा वाणिज्य बैंक र चौथोमा लघुवित्त छन् भने पाँचौँमा विकास बैंक रहेका छन्। म्युचुअल फण्ड पैसा र सूचकको वृद्धिको हिसाबले सबैभन्दा पुछारमा छ।




comments powered by Disqus

बजार घटेपछि सांसद देखि लगानीकर्ताले भेटे अर्थमन्त्री, ७ सुझाव दिँदै भने-अवैज्ञानिक पूँजीकरण गणनाले बजार घटायाे

Sep 01, 2024 05:14 PM

अवैज्ञानिक पूँजीकरण गणनाले बजारमा गलत सन्देश प्रवाह गरेको भन्दै अर्थमन्त्रीको ध्यानकषर्ण गराइएको छ । आईतबार प्रतिनिधि सभाका सांसद हरि ढकाललगायत ब्रोकर, मर्चेन्ट क्यापिटल र लगानीकर्ताको प्रतिनिधिले अर्थमन्त्रीलाई ७ बुँदे सुझाव बुझाउँदै ध्यान आकर्षण गराएका हुन ।