पुँजीगत लाभ कर बढ्दा घट्यो भारतीय शेयर बजार

Jul 23, 2024 02:13 PM Merolagani



भारतले बजेटमार्फत पुँजीगत लाभ कर बढाउने निर्णय गरेपछि शेयर बजारमा तीव्र गिरावट देखिएको छ । सेन्सेक्स ६०० अंकभन्दा बढीको गिरावटसँगै ८० हजार ३ को स्तरमा कारोबार भइरहेको छ । यो सँगै निफ्टीमा १८० अंकको गिरावट आएर २४ हजार ३३० को स्तरमा कारोबार भइरहेको छ ।

वित्तीय सम्पत्तिमा अल्पकालीन पुँजीगत लाभमा लाग्ने करको दर १५ प्रतिशतबाट २० प्रतिशत पुर्याइएको छ । त्यसैगरी, दीर्घकालीन पुँजीगत लाभ करको दर १० प्रतिशतबाट बढाएर १२.५ प्रतिशत पुर्याउने घोषणा गरिएको छ । तर, दीर्घकालीन पुँजीगत लाभका लागि छुट सीमा १ लाख रुपैयाँबाट बढाएर १.२५ लाख रुपैयाँ पुर्याइएको छ।




comments powered by Disqus

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

Sep 06, 2024 01:45 PM

एभरेष्ट बैंक लिमिटेड (EBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।