नेक्सजेन म्यानेजमेन्टले कम्पनीहरूलाई एकद्वार प्रणालीबाट विशेषज्ञ सेवा दिने

Jul 24, 2024 04:51 PM Merolagani



नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि. ले कम्पनीहरूलाई एकद्वार प्रणालीबाट विशेषज्ञ सेवा दिने कार्यक्रम घोषणा गरेको छ । देश अहिले आर्थिक शिथिलता जस्ताे प्रतिकूल परिस्थितिमा सहयोग गर्नका लागि कम्पनीले नौलो किसिमको सेवा लिएर आएको छ ।

नेपालमा अहिले ३,२४,१८६ प्राइभेट लिमिटेड र २०५३ वटा लिमिटेड कम्पनीहरू दर्ता भएका छन् । ठूलो संख्यामा कम्पनीहरू संचालनमा रहेतापनि कम्पनी ऐनको व्यवस्थाहरूको बारेमा अधिकांश संचालनकर्तालाई जानकारी नै नभएकाे कम्पनीले जनाएकाे छ । त्यसैगरि, संचालनको क्रममा आवश्यक लेखा प्रणाली, ब्यवस्थापन, बजारीकरण, अटोमेसन, वित्तिय संस्थाबाट लिने सेवा तथा संचालक समिति र साधारणसभाबाट गर्नुपर्ने काम कर्तब्यको जानकारी नहुनु र यी सबै काम समयमा नहुँदा समस्याका साथै मानसिक तनाव ब्यहोर्दै समय र खर्च अत्याधिक लागिरहेको कम्पनीकाे भनाइ छ ।

कुन सेवाको लागि को मानिस, कहाँ र कति खर्चमा पाइन्छ थाहा छैन । स्टार्ट अप र नयाँ ब्यवसाय गर्नेहरू झनै पिडित रहेकाे बताउँदै कम्पनीले यिनै समस्याहरू समाधानको लागि एकद्वार प्रणालीबाट न्युनतम् शुल्कमा आवश्यक सबै सेवाहरू दिने गरि नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले एकद्वार प्रणाली सेवा ल्याएको हाे।

अब कम्पनी ब्यवस्थापन गर्न, लेखा प्रणाली र परिक्षण गर्न, सफ्टवेयरबाट अटोमेशन गर्न, बैंक फाइनान्स बाट कर्जा लिन र चुक्ता गर्न, कानुनी सल्लाह लिन भौंतारिरहनुनपर्ने कम्पनीले दावी गरेकाे छ । यसका साथै कम्पनीले त्रैमासिक रूपमा पोर्टफोलियो, डेब्ट इक्विटी र फाइनान्सियल रिभ्यु रिपोर्ट लिन सकिने जानकारी दिएकाे फछ । त्यसै गरि, यस सेवा अन्तर्गत बिभिन्न सन्दर्भमा संचालक समिति र साधारण सभाले गर्नुपर्ने निर्णयहरू तथा कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी ऐन बमोजिम पेश गर्नु पर्ने कार्यहरू पनि गर्न गराउन बिभिन्न ठाउँमा जानु पर्दैन।

नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले कम्पनीलाई चाहिने आवश्यक सबै विशेषज्ञ सेवाहरू एउटै कार्यालयमा एउटै शुल्कबाट उपलब्ध गराउनेछ। यो सेवाबाट विशेष गरि साना र मझौला कम्पनीहरू लाभान्वित हुने र समय तथा खर्चको बचत हुने तथा मानसिक तनावबाट मुक्त हुँदा ब्यवसाय बृद्धिमा केन्द्रित हुन मद्दत पुग्ने विश्वास नेक्सजेन म्यानेजमेन्टले लिएको छ।  

 




comments powered by Disqus

बजार घटेपछि सांसद देखि लगानीकर्ताले भेटे अर्थमन्त्री, ७ सुझाव दिँदै भने-अवैज्ञानिक पूँजीकरण गणनाले बजार घटायाे

Sep 01, 2024 05:14 PM

अवैज्ञानिक पूँजीकरण गणनाले बजारमा गलत सन्देश प्रवाह गरेको भन्दै अर्थमन्त्रीको ध्यानकषर्ण गराइएको छ । आईतबार प्रतिनिधि सभाका सांसद हरि ढकाललगायत ब्रोकर, मर्चेन्ट क्यापिटल र लगानीकर्ताको प्रतिनिधिले अर्थमन्त्रीलाई ७ बुँदे सुझाव बुझाउँदै ध्यान आकर्षण गराएका हुन ।