समाज लघुवित्तको नाफा घट्यो, अन्य सूचक कस्तो?

Aug 04, 2024 12:02 PM Merolagani



समाज लघुवित्त वित्तीय संस्था लिमिटेड (SAMAJ) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा घटेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ५१ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.३४ प्रतिशत घटेको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ७५ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

खुद ब्याज आम्दानी सामान्य बढेपनि सम्भावित जोखिम बापत धेरै रकम व्यवस्था गर्नु परेका कारण लघुवित्तको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४.७८ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ३.१२ प्रतिशत घटेको छ। त्यस्तै, समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी २.२७ प्रतिशत बढेको छ। निष्क्रिय कर्जा समीक्षा अवधिमा ४.७८ प्रतिशतबाट बढेर ४.८२ प्रतिशत पुगेसँगै लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा ३ करोड ३१ लाख रुपैयाँ व्यवस्था गरेको छ। जसका कारण लघुवित्तको सञ्चालन मुनाफा ऋणात्मक भइ खुद नाफा घटेको हो।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १५ रुपैयाँ ४६ पैसा घटेर २२ रुपैयाँ ४५ पैसामा झरेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २२९ रुपैयाँ ९७ पैसा रहेको छ।

२ करोड २८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २ करोड ९६ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले २४ करोड ६५ लाख रुपैयाँ सापटी र १६ करोड ५ लाख रुपैयाँ निक्षेपबाट ४४ करोड २७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।