नाफासँगै घट्यो नागरिक लगानी कोषको प्रतिशेयर आम्दानी

Aug 09, 2024 08:31 AM Merolagani



नागरिक लगानी कोष (CIT) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कोषको खुद नाफा र प्रतिशेयर आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कोषले १ अर्ब १० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ९.९१ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष कोषले १ अर्ब २२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष कर खर्च बढेका कारण कोषको नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा कोषको ब्याज आम्दानी १९.५५ प्रतिशत र सेवा शुल्क तथा कमिशन आम्दानी १.३८ प्रतिशत बढेको छ। त्यस्तै, समीक्षा अवधिमा कोषको कुल आम्दानी ५.२५ प्रतिशत बढेको छ भने कुल खर्च २.७२ प्रतिशत बढेको छ।

नाफासँगै कोषको प्रतिशेयर आम्दानी घटेको छ। समीक्षा अवधिमा कोषको यस्तो आम्दानी २ रुपैयाँ २८ पैसा घटेर २० रुपैयाँ ७५ पैसामा झरेको छ। असार मसान्तसम्ममा कोषको प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ४५ पैसा रहेको छ।

५ अर्ब ३१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कोषको जगेडा कोषमा १८ अर्ब १५ करोड रुपैयाँ सञ्चित छ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।