मर्जरपश्चात नेरुडे मिर्मिरे लघुवित्तको वित्तीय अवस्था कस्तो?

Aug 10, 2024 12:10 PM Merolagani



नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त एक आपसमा गाभिएर बनेको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड (NMLBBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ४४ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ। त्यस्तै, सो अवधिसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी १ अर्ब ३ करोड रुपैयाँ रहेको छ भने खुद फि तथा कमिशन आम्दानी १ करोड २९ लाख रुपैयाँ रहेको छ। खराब कर्जा ६.६० प्रतिशत रहेको यस लघुवित्तको इम्पेरमेन्ट चार्ज ५५ लाख १४ हजार रुपैयाँ रहेको छ।

असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ५ करोड २९ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३ रुपैयाँ ७८ पैसा रहेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ६२ रुपैयाँ ४८ पैसा, प्रतिशेयर नेटवर्थ १९४ रुपैयाँ ३९ पैसा र मूल्य आम्दानी अनुपात ११.५३ गुणा रहेको छ।

१ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको रिटेन्ड अर्निङ्ग ५ करोड २९ लाख रुपैयाँ रहेको छ भने जगेडा १ अर्ब २६ करोड रुपैयाँ रहेको छ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।