खराब कर्जा घटेपछि डिप्रोक्स लघुवित्तको नाफा उल्लेख्य बढ्यो

Aug 14, 2024 06:04 AM Merolagani



डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड (DDBL) ले गत आर्थिक वर्षको चौथो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ५८ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३१.९१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष लघुवित्तले १३ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी सामान्य बढेपनि खराब कर्जा घटेपछि लघुवित्तको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २४.०६ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २१.१८ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको खुद सञ्चालन आम्दानी २२.२८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २४१.६२ प्रतिशत बढेको छ। गत असार मसान्तसम्ममा लघुवित्तको इम्पेरमेन्ट चार्ज ९ करोड ८७ लाख रुपैयाँ रिभर्स भएको छ। लघुवित्तको खराब कर्जा समीक्षा अवधिमा ६.१५ प्रतिशतबाट घटेर २.८९ प्रतिशतमा झरेको छ। जसका कारण सञ्चालन मुनाफा र खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २५ रुपेयाँ ४१ पैसा बढेर ३४ रुपैयाँ ९ पैसा पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २४.६७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१६ रुपैयाँ ८० पैसा रहेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा ४० करोड ९४ लाख रुपैयाँ वितरणयोग्य मुनाफा कमाएको यस लघुवित्तको वितरणयोग्य प्रतिशेयर आम्दानी २४ रुपैयाँ रहेको छ।

१ अर्ब ७० करोड ६१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ९९ करोड रुपैयाँ सञ्चित छ। चौथो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले २१ अर्ब ५ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट २३ अर्ब ७२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।




comments powered by Disqus

२० प्रतिशतभन्दा धेरैले बजार मूल्य झरेका कम्पनीहरु चिन्नुहोस, अबको ‘बाइ लिष्ट’ मा यस्तै कम्पनी राख्ने कि ? सूचीसहित

Sep 10, 2024 06:37 PM

साउनको अन्तिम कारोबार दिन साउन ३१ गते अर्थात अगष्ट १५ मा पछिल्लो स्वीङ हाई ३ हजार बनाएको नेप्से परिसूचक पछिल्लो समय लगातार घट्दो ट्रेन्डमा छ ।