कुमारी क्यापिटलका दुई बन्दमुखि योजनाहरुको बुकक्लोज मिति तय

Aug 29, 2024 06:06 AM Merolagani



कुमारी क्यापिटलको योजना व्यवस्थापनमा कुमारी सामुहिक लगानी कोष अन्तर्गत सञ्चालित दुई बन्दमुखि योजनाहरुले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तय गरेका छन्।

गत आर्थिक वर्षका लागि इकाईधनीहरुले कर सहित ९.५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेका कुमारी इक्विटी फण्ड (KEF) र कुमारी धनवृद्धि योजना (KDBY) ले भदौ १९ गते बुकक्लोज गर्ने भएका छन्। यस अनुसार भदौ १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले सो दरमा प्रतिफल प्राप्त गर्न सक्नेछन्।

यी कोषहरुको कोष प्रबर्द्धक कुमारी बैंक लिमिटेड रहेको छ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।