सातामा करिब १ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Sep 07, 2024 05:50 AM Merolagani



यस साता नेप्से परिसूचक करिब १ प्रतिशत बढेर बन्द भएको छ। गत साता २७४९.५७ विन्दुमा बन्द भएको नेप्से, यस साता २२.२१ अंक अर्थात ०.८१ प्रतिशत घटेर २७२७.३६ विन्दुमा झरेको छ।

यस साता ५ कारोबार दिनमध्ये दुई कारोबार दिन नेप्से बढेको थियो भने तीन कारोबार दिन घटेको थियो। यस साताको सोमबार, नेप्से परिसूचक १२७ अंक बढेर बन्द भएको थियो भने मंगलबार सामान्य अंक बढेको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ३.४४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२० अंक घटेको छ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा १६ अर्ब ९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ११ अर्ब ९६ करोडको मात्र शेयर कारोबार भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ४ अर्ब १३ करोड रुपैयाँ अर्थात २५.७० प्रतिशत कम हो।

त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या २७.९५ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या २८.५५ प्रतिशत घटेको छ।

नेप्सेको कुल बजार पूँजीकरण भने यस साता ३० करोड रुपैयाँ घटेको छ। गत साताको अन्त्यमा ४३ अर्ब ६६ करोड रुपैयाँ रहेको कुल बजार पूँजीकरण, यस साता ०.७० प्रतिशत घटेर ४३ अर्ब ३६ करोड रुपैयाँमा झरेको छ।

१३ उपसमूहमध्ये यस साता ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ५.०३ प्रतिशत बढेको छ। अंकका आधारमा पनि यस साता यसै उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ। गत साता १३ हजार १०८.९७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ६५९.४५ अंक बढेर १३ हाजर ७६८.४२ विन्दुमा पुगेको छ।

कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस साता सर्वाधिक ३.२६ प्रतिशत घटेको छ। अंकका आधारमा भने यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १६०.०८ प्रतिशत घटेको छ।

नेप्सेमा यस साता दुई कम्पनीको कुल २ करोड २९ लाख ४५ हजार कित्ता शेयर सूचीकृत भएको छ। यस साता नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको बोनस शेयर र एचआईडिसिएलको लिलामी प्रक्रियामार्फत बिक्री भएको संस्थापक शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस साता विन नेपाल लघुवित्तको शेयरमूल्य सर्वाधिक ३५.७७ प्रतिशत बढेको छ। त्यस्तै, यस साता इष्टर्न हाइड्रोपावरको शेयरमूल्य करिब २८ प्रतिशत बढेको छ भने आत्मनिर्भर लघुवित्त र एनएलजी इन्स्योरेन्सको शेयरमूल्य साढे २६ प्रतिशतभन्दा बढी बढेको छ। यस साता नेपाल फाइनान्सको शेयरमूल्य भने सर्वाधिक २०.८९ प्रतिशत घटेको छ। त्यस्तै, माई खोला हाइड्रोपावरको शेयरमूल्य यस साता साढे २० प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता एनएलजी इन्स्योरेन्स, आरबिबि म्युचुअल फण्ड १, कर्पोरेट डेभलपमेन्ट बैंक लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने माण्डु हाइड्रोपावर, सनराइज फर्स्ट म्युचुअल फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




comments powered by Disqus

२० प्रतिशतभन्दा धेरैले बजार मूल्य झरेका कम्पनीहरु चिन्नुहोस, अबको ‘बाइ लिष्ट’ मा यस्तै कम्पनी राख्ने कि ? सूचीसहित

Sep 10, 2024 06:37 PM

साउनको अन्तिम कारोबार दिन साउन ३१ गते अर्थात अगष्ट १५ मा पछिल्लो स्वीङ हाई ३ हजार बनाएको नेप्से परिसूचक पछिल्लो समय लगातार घट्दो ट्रेन्डमा छ ।