नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकम भने बढ्यो

Sep 08, 2024 03:10 PM Merolagani



साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

आइतबार नेप्से परिसूचक २५.४६ अंक घटेर २७०१.९० विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ६.६३ अंक घटेको छ भने फ्लोट इण्डेक्स २ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२५ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ९ अर्ब ६५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२८ स्टकको १ लाख १२ हजार ३०० पटकको कारोबारमा १० अर्ब १२ करोड २४ लाख ८ हजार रुपैयाँ बराबरको २ करोड २२ लाख ६२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन महुली लघुवित्त वित्तीय संस्था, श्रृजनशिल लघुवित्त वित्तीय संस्था र मिड सोलु हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य ८ प्रतिशत बढेको छ। कारोबारमा आएको थ्रिस्टार हाइड्रोपावरको शेयर यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन सिईडिबी हाइड्रोपावर डेभलमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४२ करोड १९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन एचआईडिसिएलको ३५ करोड ८१ लाख रुपैयाँबराबरको संस्थापक शेयर कारोबार भएको छ भने ग्रिनलाइफ हाइड्रोपावरको साढे ३५ करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १.२१ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.०७ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, वित्त, होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।




comments powered by Disqus

टुरिस्ट लगानीकर्ता बाहिरिएपछि संस्थागत लगानीकर्ताको इन्ट्री, शेयर बजारमा व्यापक प्रेसर

Sep 17, 2024 06:31 AM

शेयर बजारबाट टुरिस्ट लगानीकर्ता बाहिरिँदै गर्दा बिस्तारै संस्थागत लगानीकर्ताको इन्ट्री हुन थालेको छ। बजार दैनिक रुपमा घट्दै गएपछि उनीहरूले बिस्तारै शेयर सङ्कलन गर्न सुरु गरेको बताइएको छ।