प्रि ओपन सेसन अपडेटः सामान्य अंकले बढ्यो नेप्से

Sep 09, 2024 10:52 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार २५.४६ अंक घटेर २७०१.९० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.६६ अंक बढेर २७०२.५६ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.२६ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा २८ स्टकको ६५ पटकको कारोबारमा ३० लाख ८० हजार ९५७ रुपैयाँ ३० पैसाबराबरको ३ हजार ९० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ७ स्टकको मूल्य बढेको छ भने १४ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




comments powered by Disqus

एकाएक हाफ सेन्चुरी मार्नुको कारण यस्तो, कुल कारोबार रकमको ५० % जलविद्युतमा खन्याइँदै

Jan 06, 2025 06:06 PM

सोमबार शेयर बजारले हाफ सेन्चुरीको फड्को मार्‍यो। केही दिनदेखि सुस्ताउँदै आएको बजारमा ४९.१२ अंकको वृद्धि हुँदा सूचक २६४०.६८ अंकमा उक्लियो।