निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

Sep 09, 2024 03:09 PM Merolagani



साताको दोस्रो कारोबार दिन पनि नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्लो तीन कारोबार दिनदेखि ओरालो लागिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको छ।

सोमबार नेप्से परिसूचक ५५.८६ अंक घटेर २६४६.०३ विन्दुमा बन्द भएको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १०.५३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ४.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.३० अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन १० अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२७ स्टकको १ लाख ११ हजार ९८६ पटकको कारोबारमा ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार रुपैयाँ बराबरको २ करोड १० लाख ४८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य सर्वाधिक ८.९८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन नेपाल वेयरहाउजिङ्ग कम्पनीको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ भने इमर्जिङ्ग नेपाल र सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ७.७८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको करिब २८ करोडको शेयर कारोबार भएको छ भने हाथवे इन्भेष्टमेन्ट नेपालको करिब २४ करोडको शेयर किनबेच भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.६७ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, वित्त, जलविद्युत, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।




comments powered by Disqus

टुरिस्ट लगानीकर्ता बाहिरिएपछि संस्थागत लगानीकर्ताको इन्ट्री, शेयर बजारमा व्यापक प्रेसर

Sep 17, 2024 06:31 AM

शेयर बजारबाट टुरिस्ट लगानीकर्ता बाहिरिँदै गर्दा बिस्तारै संस्थागत लगानीकर्ताको इन्ट्री हुन थालेको छ। बजार दैनिक रुपमा घट्दै गएपछि उनीहरूले बिस्तारै शेयर सङ्कलन गर्न सुरु गरेको बताइएको छ।