एक म्युचुअल फण्ड र दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Oct 01, 2024 08:44 AM Merolagani



असोज १५ गते, मंगलबार एक म्युचुअल फण्ड र दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र गुराँस लघुवित्तले भोली अर्थात असोज १६ गते बुकक्लोज गर्दैछन् भने एनआईबिएल ग्रोथ फण्डले प्रतिफल वितरण प्रयोजनार्थ भोली बुकक्लोज गर्दैछ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स (PMLI) ले असोज २३ गते, आम्रपाली ब्याङक्वेट, भाटभटेनी, काठमाडौँमा सातौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले हकप्रद शेयर संशोधन गरी बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

त्यस्तै, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL) ले असाज २९ गते, मंगलबार, होटल कान्जिरोवा, धनकुटा नगरपालिका वडा नं. १, हिले धनकुटामा नवौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले अन्य उपयुक्त लघुवित्तसँग मर्ज अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

एनआइएमबि एस क्यापिटलको योजना व्यवस्थापनमा एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल ग्रोथ फण्ड (NIBLGF) ले भने कर सहित ६.३५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।