शेयर शिक्षा : कसरी लिन सकिन्छ शेयर कर चुक्ता प्रमाण पत्र ?

Oct 14, 2024 11:02 AM Merolagani



अहिले शेयर बजारले सकारात्मक गति समाएको छ । लामो समयसम्म बजारमा आएकोे गिरावटसँगै सुधारको गति समाएको बजारमा लगानीकर्ताले आफूसँग भएको शेयर बैंकमा धितो राखेर ऋण लिन चाहेका छन् ।

अब शेयर बजारमा फाईदा हुने देखिएपछि लगानीकर्ताहरु कर्जा लिने सुरमा लागेका हुन् । बैंकबाट कर्जा लिएर शेयर बजारमा थप लगानी गर्ने सुरमा रहेका लगानीकर्ताले कर चुक्ता प्रमाणत्र लिए पछि मात्र कर्जा प्राप्त गर्न सक्ने व्यवस्था नेपाल रष्ट्र बैंकले गराएको छ ।

शेयर बजारका लगानीकर्ताले शेयर बजारमार्फत तिर्ने कर दुई प्रकारका छन् । साधारणतया दोस्रो बजारमा शेयर खरिद बिक्री गरेवापत तिर्ने कर र कम्पनीले लगानीकर्तालाई वितरण गरेको लाभांश वापतको करलाई मानिन्छ ।

दोस्रो बजारमा खरिद गरेको शेयरको कर चुक्ता प्रमाण पत्र लिनका लागि लगानीकर्ताले शेयर खरिद बिक्री गर्ने गरेको ब्रोकर कार्यालयमा एउटा निवेदन दिनु पर्ने हुन्छ ।

कर चुक्त प्रमाण पत्र लिनका लागि करदाता (लगानीकर्ता) सँग स्थायी लेखा नम्बर अनिवार्य हुनुैपर्छ ।

त्यसपछि ब्रोकरले उक्त सम्बन्धित लगानीकर्ताको एक वर्षसम्मको सम्पूर्ण विवरण नेपाल स्टक एक्सचेञ्जमा पठाएको हुन्छ । शेयर खरिद गरेवाट कर चुक्ता गरेको भन्ने प्रमाणित गराएपछि उक्त प्रमाणित पत्र लिएर आन्तरिक राजश्व कार्यालयमा गए पछि लगानीकर्ताले कर चुक्ता प्रमाण पत्र प्राप्त गर्न सक्ने छन् ।

त्यसैगरी दोस्रोमा लाभांश करको चुक्ता प्रमाण पत्रका लागि लगानीकर्ताले सम्बन्धित कम्पनीसँग आफूनो कर तिरेको सम्पूर्ण विवरण लिएपछि सिधै आन्तरिक राजश्वमा गएर लिन सकिने व्यवस्था रहेको छ ।

यसरी ब्रोकर र लाभांश लिएका कम्पनीले लगानीकर्ताको स्थायी लेखा नम्बरसँग ईटीडीएस कनेक्ट गराएपछि आन्तरिक राजश्वले युजर नेम र पासवर्ड दिन्छ । उक्त युजर नेम र पासवर्ड आन्तरिक राजश्व कार्यालयको ईटीडीएसमा गएर युजर नेम र पासवर्ड बनाउनु पर्ने हुन्छ । उक्त युजर नेम लग इन गरे पछि लगानीकर्ताले आफूले वर्ष भरी तिरेको कर प्रमाण पत्र प्राप्त गर्न सक्ने छन् ।

लगानीकर्ताले कर चुक्ता प्रमाण पत्र लिनका लागि आन्तरिक राजश्व कार्यालयलाई कुनै शुल्क बुझाउनु पर्दैन । तर आर्थिक वर्षको कर चुक्ता प्रमाण लिने हो भने सबै कर दाखिला भने भएको हुनु पर्नेछ ।

यी सबै कागजात आन्तरिक राजश्व विभागको वेबसाइटमा गएर अनलाइनबाटै फर्म भरेर पनि कर चुक्ताको प्रमाणपत्र लिन सकिन्छ भने अनलाइन सम्बन्धी ज्ञान नभएका लगानीकर्ताले आन्तरिक राजश्व कार्यलयमा गएर कर चुक्ता प्रमाण पत्र सजिलै प्राप्त गर्न सक्ने छन् ।

कुनै व्यक्तिले निश्चित मितिसम्मको ऐन बमोजिम वुझाउनु पर्ने आय विवरण तिर्नुपर्ने सम्पूर्ण कर दाखिला गरिसकेपछि करदाताको माग बमोजिम जारी गरिने कर तिरिसकेको प्रमाण पत्रलाई कर चुक्ता प्रमाणपत्र भनिन्छ । करदाताको आवश्यकता अनुसार कर चुक्ता प्रमाणपत्र लिन सकिन्छ ।




comments powered by Disqus

सानिमा बैंकले घोषणा गर्यो लाभांश

Oct 09, 2024 10:17 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।