प्रि ओपन सेसन अपडेटः झिनो अंक घट्यो नेप्से

Oct 15, 2024 10:53 AM Merolagani



दशैँपछिको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बुधबार ४.८५ अंक बढेर २६६८.१७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.०९ अंक घटेर २६६८.०८ विन्दुमा झरेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१० अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा २३ स्टकको ३५ पटकको कारोबारमा ६ लाख ५८ हजार २०८ रुपैयाँ २० पैसाबराबरको १ हजार ३१२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ७ स्टकको मूल्य बढेको छ भने १५ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




comments powered by Disqus

भारतीय प्रसिद्ध व्यापारी रतन टाटाको ८६ वर्षको उमेरमा निधन

Oct 10, 2024 06:36 AM

टाटा सन्सका अध्यक्ष रतन नवल टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ। उनको निधनको जानकारी बुधबार राति सार्वजनिक भएको हो।