Thu, Nov 21, 2024
कात्तिक ५ गते, सोमबार, पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यस दिन सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो । त्यस्तै, यस दिन चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । उक्त कायम सुनको मूल्य हालसम्मकै उच्च हो। सुनकाे मूल्यले निरन्तर पाँचौ दिन नयाँ रेकर्ड बनाएकाे हाे । आईतबारको बजारमा सुनको मूल्य प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । यस दिन चाँदीको मूल्य पनि नयाँ उचाईमा पुगेकाे छ । यस दिन चाँदी प्रतितोला २० रुपैयाँले बढेको छ । सोमबार चाँदी प्रतितोला दुई हजार ९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आईतबारको बजारमा चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँमा खरिदबिक्री भएको थियो । उक्त मूल्यलाई ब्रेक गर्दै निरन्तर दोस्रो दिन चाँदीको मूल्यले नयाँ उचाई बनाएको हो ।
नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । उक्त कायम सुनको मूल्य हालसम्मकै उच्च हो। सुनकाे मूल्यले निरन्तर पाँचौ दिन नयाँ रेकर्ड बनाएकाे हाे । आईतबारको बजारमा सुनको मूल्य प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस दिन चाँदीको मूल्य पनि नयाँ उचाईमा पुगेकाे छ । यस दिन चाँदी प्रतितोला २० रुपैयाँले बढेको छ । सोमबार चाँदी प्रतितोला दुई हजार ९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आईतबारको बजारमा चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँमा खरिदबिक्री भएको थियो । उक्त मूल्यलाई ब्रेक गर्दै निरन्तर दोस्रो दिन चाँदीको मूल्यले नयाँ उचाई बनाएको हो ।
मंसिरको तेस्रो साता तिर हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी जति सुस्त गतिमा भइरहेको छ,त्यो भन्दा धेरै हल्ला भइरहेको छ । प्रधानमन्त्री भएपछि पहिलो औपचारिक विदेश भ्रमण भारतबाट शुरु गर्ने ‘परम्परा’लाई चुनौति दिँदै ओलीले चीन भ्रमणको तयारी गरेपछि भारतले त्यसलाई विथोल्ने प्रयास गरिरहेको चर्चा कुटनीतिक वृतमा चलिरहेको छ।