राष्ट्रपतिमा निर्वाचित हुन कुल ५३८ इलेक्टोरल मतमध्ये कम्तीमा २७० ल्याउनुपर्ने हुन्छ।
ट्रम्पको जित निश्चित भएको घोषणा गरिसकिएकाे छ । उनले कम्तीमा २७७ इलेक्टोरल मत ल्याउने प्रक्षेपण गरिएकाे छ । ट्रम्पले समर्थकहरूलाई सम्बोधन गरिरहेका छन् ।
त्यस्तै डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यरिस १९४ इलेक्टोरल मत ल्याएकी छिन । अमेरिकाको ४७औं राष्ट्रपति छान्न मंगलबार भएको निर्वाचन भएकाे थियाे ।