फरवार्ड माइक्रोफाइनान्सको नाफा धनात्मक

Nov 12, 2024 01:02 PM Merolagani



फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (FOWAD) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासमा ऋणात्मक रहेको लघुवित्तको खुद नाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा धनात्मक भएको छ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लघुवित्तले ४ करोड १६ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको खुद नाफा ११ करोड ९ लाख रुपैयाँ ऋणात्मक थियो।

लघुवित्तको ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफा धनात्मक भएको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४.१९ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १८.०८ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा १० करोड ५१ लाख रुपैयाँ ऋणात्मक रहेको लघुवित्तको सञ्चालन मुनाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ५ करोड ९३ लाख रुपैयाँ धनात्मक भएको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। असोज मसान्तसम्ममा लघुवित्तको यस्तो आम्दानी १५ रुपैयाँ ७७ पैसा धनात्मक रहेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २८९ रुपैयाँ ५८ पैसा र मूल्य आम्दानी अनुपात ९५.११ गुणा रहेको छ।

१ अर्ब ५ करोड ५५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २ अर्ब १० लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले सो अवधिसम्ममा ९ अर्ब १४ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट १९ अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।




१० सेकेण्डमै सकिएकाे अनौठो पत्रकार सम्मेलन

Oct 28, 2025 12:34 PM

नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो ।