चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लघुवित्तले १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । याे गत वर्षको साेही अवधिकाे तुलनामा ६४.१० प्रतिशतले घटेको हो । गत वर्षको यसै अवधिमा लघुवित्तले २८ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
खुद ब्याज आम्दानीमा वृद्धि भएतापनि लघुवित्तको सञ्चालन मुनाफा घटेको कारण लघुवित्तको नाफामा दवाव पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २५.८५ प्रतिशतले बढेर ३ करोड ५७ लाख रुपैयाँ पुगेकाे छ । त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा १४ लाख रुपैयाँमा खुम्चिएको छ । यो ६४.०८ प्रतिशतले घटेको हो । गत वर्ष लघुवित्तको सञ्चालन मुनाफा ४१ लाख रुपैयाँ थियो ।
चुक्ता पुँजी १५ करोड १५ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ३ करोड ४७ लाख रुपैयाँ सञ्चित भएको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ४४ करोड ५२ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले अन्य वित्तीय संस्थाबाट ऋण गरेर दुई अर्ब तीन करोड ७३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
लघुवित्तको सार्वजनिक भएको वित्तीय विवरण अनुसार लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी २ रुपैयाँ ७३ पैसा कायम छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १२४.६२ रुपैयाँ छ ।