चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तको खराब कर्जा १६.१४ प्रतिशत रहेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.६२ प्रतिशतविन्दु बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको खराब कर्जा ५.५२ प्रतिशत मात्र थियो।
खराब कर्जा उल्लेख्य बढेसँगै लघुवित्तको इम्पेरमेन्ट चार्ज पनि उल्लेख्य बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासम्ममा २ करोड ५१ लाख रुपैयाँ रहेको लघुवित्तको यस्तो चार्ज, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २७ करोड ८० लाख रुपैयाँ पुगेको छ। जसका कारण खुद ब्याज आम्दानी ९४.२० प्रतिशत बढेपनि लघुवित्त नोक्सानीमा पुगेको छ।
असोज मसान्तसम्ममा लघुवित्तले २६ करोड ११ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। त्यस्तै, लघुवित्तको वितरणयोग्य मुनाफा १६ करोड ९२ लाख रुपैयाँ ऋणात्मक रहेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ७४ रुपैयाँ ७३ पैसा ऋणात्मक र वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ११ पैसा ऋणात्मक रहेको छ।
१ अर्ब ३९ करोड ७७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोष्मा ८७ करोड ९९ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले सो अवधिसम्ममा ११ अर्ब ३२ करोड ९६ लाख रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ५५ करोड ९२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।