नागरिक लगानी कोषको नाफा सामान्य बढ्यो

Nov 13, 2024 06:31 AM Merolagani



नागरिक लगानी कोष (CIT) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ३० कराेड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.६२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २६ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि बढेको हो। समीक्षा अवधिमा कम्पनीको ब्याज आम्दानी ३.७९ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको सेवा शुल्क तथा कमिशन आम्दानी १८.८६ प्रतिशत बढेको छ भने कुल आम्दानी १२.६० प्रतिशत बढेको छ। कम्पनीको खर्च भने समीक्षा अवधिमा ९.१९ प्रतिशत बढेको छ।

नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७ पैसा घटेर १९ रुपैयाँ ८७ पैसामा झरेको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा कम्पनीको यस्तो आम्दानी घट्न पुगेको हो।

असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ४२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ११३.९९ गुणा रहेको छ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।