खर्च बढेपछि मध्य भोटेकोशीको नोक्सानी बढ्यो

Nov 13, 2024 12:45 PM Merolagani



मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड (MBJC) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले १ करोड १६ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको नोक्सानी ७३ लाख ६३ हजार रुपैयाँ नोक्सानीमा थियो।

कम्पनीको विद्युत बिक्री आम्दानी नभएको र खर्च बढेका कारण खुद नोक्सानी बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको प्रशासनिक खर्च ९४ लाख ७० हजार रुपैयाँबाट बढेर १ करोड २४ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको सञ्चालन नोक्सानी ९६ लाख रुपैयाँबाट बढेर १ करोड २६ लाख रुपैयाँ पुगेको छ।

६ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ४२ करोड ५९ लाख रुपैयाँ ऋणात्मक रहेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ७८ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ ९० पैसा रहेको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।