चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २० करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.०९ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २५ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
विद्युत बिक्री आम्दानी घटेसँगै कम्पनीको खुद नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २०.८१ प्रतिशत घटेको छ भने कुल नाफा २२.३७ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको कुल सञ्चालन मुनाफा समीक्षा अवधिमा २६.६९ प्रतिशत र वित्तीय खर्च १८३.८३ प्रतिशत घटेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको ईपीएस ८ रुपैयाँ ९५ पैसा घटेर २३ रुपैयाँ ७८ पैसामा झरेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ ३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २३.५ गुणा रहेको छ।
३ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा २ अर्ब ८५ करोड रुपैयाँ सञ्चित छ।