बैंकहरुको ब्याजदर घटेपछि एचआईडिसीएलको नाफा प्रभावित

Nov 15, 2024 09:50 AM Merolagani



एचआईडिसिएल अर्थात हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (HIDCL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले २७ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.७६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३७ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

’यस अवधिमा बैंकको ब्याजदरमा व्यापक गिरावट आई कम्पनीबाट भएको लगानीको प्रतिफलमा नकारात्मक असर पर्न गएका कारण नाफा घट्न गएको हो।’ कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ।

समीक्षा अवधिमा कम्पनीको ग्राहकसँगैको सम्झौता आम्दानी ३७ हजारबाट बढेर ४५ लाख ४३ हजार रुपैयाँ पुगेको छ। कम्पनीको वित्तीय आम्दानी भने समीक्षा अवधिमा २५.५६ प्रतिशत घटेको छ। जसका कारण कम्पनीको खुद नाफा घट्न पुगेको हो।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ २० पैसा घटेर ४ रुपैयाँ ४६ पैसामा झरेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ १२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६३.५८ गुणा रहेको छ।

२४ अर्ब ५५ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष्मा ४ अर्ब ४५ करोड रुपैयाँ सञ्चित छ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।