अघिल्लो कारोबार दिन अर्थात मंगलबार १७.८० अंक बढेर २७७५.८५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १९.७२ अंक बढेर २७९५.५७ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ६ अंक बढेको छ।
बुधबार प्रि ओपन सेसनमा ९८ स्टकको २२८ पटकको कारोबारमा १ करोड १४ हजार ९८३ रुपैयाँ १० पैसाबराबरको २१ हजार ५९१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ७० स्टकको मूल्य बढेको छ भने २२ स्टकको मूल्य घटेको छ। बाँकी ६ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।