'स्मार्ट चश्मा’ ल्याउने तयारीमा सामसङ, जनवरीमा गर्न सक्छ घोषणा

Dec 10, 2024 07:59 PM Merolagani



सामसङले एक्सआर ग्लास (XR Glass)मा  ल्याउने तयारी गरिरहेकाे विषय लामो समयदेखि चर्चामा रहेकाे छ। यद्यपी, कम्पनीले हालसम्म यसबारे आधिकारिक रुपमा कुनै जानकारी दिएको छैन । 

तर, यस साता सार्वजनिक भएकाे एक नयाँ रिपोर्ट अनुसार आउँदाे वर्षकाे जनवरीमा हुने एक कार्यक्रममा सामसङले आफ्नो स्मार्ट चश्मा सार्वजनिक गर्न सक्ने दाबी गरिएको छ।

रिपोर्टका अनुसार, कम्पनीले यी स्मार्ट चश्माहरूको प्रोटोटाइप सामसङ ग्यालेक्सी एस२५ (Samsung Galaxy S25) श्रृंखलाको साथ पनि प्रस्तुत गर्न सक्छ। फेसबुकको मूल कम्पनीको मेटा चश्माको बढ्दो लोकप्रियतालाई ध्यानमा राख्दै सामसङले यो अवसर छोड्न नचाहेकाे जस्ताे देखिन्छ। 

मेटा स्मार्ट चश्मा लोकप्रिय हुँदै

यद्यपी, कैयाैंले एप्पल भिजन प्रोलाई यसको डिजाइनका कारण मन पराएका छैनन् । तर मेटा चश्मा लोकप्रिय भइरहेको छ। कम्पनीले केही छनोट गरिएका बजारमा मात्रै लन्च गरेको भए पनि यसमा मानिसहरुको चासो प्रष्ट देखिन्छ । सामसङले यस श्रेणीमा आफूलाई पछाडि पार्न चाहँदैन।

पछिल्लो अपडेट अनुसार कम्पनीको यो उत्पादन पूर्ण रुपमा तयार भइसकेको छैन । २०२५काे जनवरीमा हुने कार्यक्रममा यसको भौतिक प्रोटोटाइप पनि हुने छैन। कम्पनीले भिडियो मार्फत् यो उत्पादन घोषणा गर्न सक्ने देखिन्छ। ब्राण्डले यसकाे तस्विर देखाएर उत्पादन प्रस्तुत गर्न सक्छ।

जनवरीमा घोषणा हुन सक्ने

यस वर्ष ग्यालेक्सी रिङसँग गरेको जस्तै कम्पनीले फेरि गर्न सक्नेछ। कम्पनीले जनवरीमा आयोजित अनप्याक्ड इभेन्टमा यसलाई टिज गरेको थियो, जुन पछि फोल्ड र फ्लिपसँग लन्च गरिएको थियो।इंडस्ट्री लिक्सका अनुसार, सामसङ स्मार्ट ग्लासेस अर्को वर्षको तेस्रो त्रैमासमा लन्च हुन सक्छ।

यसको अर्थ, कम्पनीले यसलाई अर्को वर्ष जुलाईमा लन्च गर्न सक्छ। यी चश्माको वजन ५० ग्राम हुनेछ र तिनीहरू सामान्य ग्लास जस्तै हुनेछन्। तपाईं यी मार्फत भुक्तानी गर्न सक्षम हुनुहुनेछ। यस बाहेक यी चश्माहरूमा एआई फिचर पनि उपलब्ध हुनेछ। यसमा तपाईलाई फेसियल रिकग्निसन र जेस्चर कन्ट्रोल जस्ता फिचरहरू दिन सकिन्छ।

एजेन्सीकाे सहयाेगमा ।




comments powered by Disqus

चन्द्र भण्डारीको स्टाटसले रास्वपा उत्साहित, कांग्रेस झसंग

Dec 27, 2024 05:27 PM

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीले सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउँदै गए कुनै पनि नेता बाँकी नरहने चेतावनी दिएका छन् ।