शिव शंकर हाईड्रोको आईपीओ निष्काशनको लागि लक्ष्मी सनराइज क्यापिटल निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

Dec 20, 2024 01:56 PM Merolagani



शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडले आईपीओ निष्काशनका लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेड(LSCAPITAL)लाई नियुक्त गरेको छ । हाईड्रोपावरले सर्वसाधारणका लागि १०० रूपैयाँ अंकित दरका २५ लाख कित्ताले हुन आउने २५ कराेड रूपैयाँ रकम बराबरको साधारण शेयर निष्काशन गर्न लागेकाे हाे ।

उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडका अध्यक्ष खगेश्वर बोहराले हस्ताक्षर गरेका छन् । सम्झौता कार्यक्रममा शिव शंकर हाईड्रोका प्रबन्ध निर्देशक दिपक राज जोशीको समेत उपस्थिति रहेको थियो ।

शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेड, शिव शंकर इन्भेष्टमेन्ट प्रा. लि. र जय गणेश इन्भेष्टमेन्ट प्रा. लि. एक आपसमा गाभिएर स्थापित भएको एक लगानी (इन्भेष्टमेन्ट) कम्पनी हो, जसले मुख्यतया जलबिद्युत, पुर्वाधार क्षेत्र र अन्य उत्पादनशील क्षेत्रमा आफ्नो लगानीको दायरा केन्द्रित गरेको छ । हाल कम्पनीले सानिगार्ड हाइड्रो लिमिटेड (३८.४६ मेगावाट), कलंगा हाइड्रो लिमिटेड (१५.३३ मेगावाट), बुङ्गल हाइड्रो लिमिटेड (१०.७ मेगावाट) र भिजन ईनर्जी एण्ड पावर लिमिटेड (५७.५ मेगावाट) नामक जलबिद्युत कम्पनीहरुमा लगानी गरेको छ । उल्लिखित कम्पनीहरु मध्ये पहिलो तीन कम्पनीहरु संचालनमा आईसकेको र प्राथमिक शेयर निष्काशनको प्रकृयाका लागि नेपाल धितोपत्र बोर्डमा दर्ता भईसकेको छ ।

शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडले साधारण शेयर निष्काशन पश्चात उक्त कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड रूपैयाँ पुग्नेछ ।




comments powered by Disqus

चन्द्र भण्डारीको स्टाटसले रास्वपा उत्साहित, कांग्रेस झसंग

Dec 27, 2024 05:27 PM

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीले सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउँदै गए कुनै पनि नेता बाँकी नरहने चेतावनी दिएका छन् ।