सातामा ३ प्रतिशतभन्दा बढी घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो?

Dec 21, 2024 06:29 AM Merolagani



यस साता नेप्से परिसूचक ३ प्रतिशतभन्दा बढी घटेर बन्द भएको छ। गत साता २६८२.२९ विन्दुमा बन्द भएको नेप्से, यस साता ३.१९ प्रतिशत अर्थात ८५.४७ अंक घटेर २५९६.८२ विन्दुमा झरेको छ।

यस साता ४ कारोबार दिनमध्ये ३ कारोबार दिन नेप्से घटेको थियो भने एक कारोबार दिन नेप्से बढेको थियो। यस साताको मंगलबार नेप्से सामान्य अंक बढेको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स १२.४५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ४.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०१ अंक घटेको छ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ५ अर्ब ७४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब ९ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ११.३१ प्रतिशत घटेको हो। यस साता दैनिक औषत शेयर संख्या १५.३१ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ८.१८ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण ३.१९ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब ४९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब ४१ अर्ब रुपैयाँ घटेर ४३ खर्ब ७ अर्बमा झरेको छ।

यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। यस साता यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक ५.१७ प्रतिशत घटेको छ। गत साता ४९३०.०८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २५४.८० अंक घटेर ४६७५.२८ विन्दुमा झरेको छ।

अंकका आधारमा यस साता जीवन बीमा उपसमूहको परिसूचक सबैंभन्दा धेरै घटेको छ। गत साता १२९३६.४२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ४२९.९४ अंक घटेर १२५०६.४८ विन्दुमा झरेको छ। यस साता सबैभन्दा कम भने लघुवित्त उपसमूहको परिसूचक १.९३ प्रतिशत घटेको छ।

यस साता २ कम्पनीको ४५ लाख २४ हजार ८२६ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस साता सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक २७.१५ प्रतिशत बढेको छ। त्यस्तै, यस साता उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब साढे १३ प्रतिशत बढेको छ भने सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब साढे १२ प्रतिशत बढेको छ। कारोबारमा आएको रिभर फल्स पावरको शेयरमूल्य यस साता सर्वाधिक १५.१४ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता एनएलजी इन्स्योरेन्स कम्पनी, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने कुथेली बुखरी स्मल हाइड्रोपावर, सिद्धार्थ इक्विटी फण्ड, युनिलिभर नेपाल लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

 



हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।