गत साता करिब २ प्रतिशत बढेको नेप्से, यस साता के होला?

Jan 12, 2025 06:35 AM Merolagani



गत साता नेप्से परिसूचक करिब २ प्रतिशत बढेर बन्द भएको थियो। अघिल्लो साता २५८६.२३ विन्दुमा बन्द भएको नेप्से, गत साता १.८९ प्रतिशत अर्थात ४८.८६ अंक बढेर २६३५.०९ विन्दुमा पुगेको छ।

गत साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से बढेको थियो भने १ कारोबार दिन नेप्से घटेको थियो। सो साताको अन्तिम कारोबार दिन नेप्से घटेर बन्द भएको थियो।

 

प्रतिरोध परीक्षणमा

गत साता नेप्सेले २६५० देखि २६८० विन्दुको प्रतिरोध क्षेत्र परीक्षण गरेको छ। गत साताको अन्तिम कारोबार दिन नेप्से सो प्रतिरोध क्षेत्र परीक्षण गरी फर्किएको थियो। आगामी दिनमा नेप्सेले सो प्रतिरोध क्षेत्र तोडेर उकालो लागेमा २७६० देखि २८०० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। तर यदि ओरालो लागेमा भने २४४० देखि २५०० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

खरिदकर्ता हाबी

साप्ताहिक रुपमा गत साता नेप्सेले लामो टुप्पी भएको हरियो मैनबत्ती बनाएको छ। यसले गत साता बजारमा खरिदकर्ता हाबी भएको संकेत गर्दछ। यद्यपि, साताको अन्त्यतिर भने नेप्सेले रातो मैनबत्ती बनाएको थियो। जसले सो दिनहरुमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

बलियो भोल्यूम

गत साता भोल्यूम पनि बलियो रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ६ अर्ब ५ करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ५ अर्ब २० करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम १६.३४ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ। तर नेप्सेको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा रहेको छ। यसले गत साता नेप्से बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

खरिदबिक्री चाप सन्तुलनमा

गत साता स्टकास्टिक आरएसआईमा नेप्से परिसूचक न्यूट्रल जोनमा रहेको छ। यसले सो साता बजारमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।