एक्सेल डेभलपमेन्ट बैंक,सप्तकाेशी विकास बैंक,कर्णाली डेभलपमेन्ट बैंक र नारायण विकास बैंक चालु आवको मंसीर मसान्तसम्ममा नोक्सानीमा देखिएका हुन।
विकास बैंकहरुमा सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकले गरेकाे छ। मुक्तिनाथले पाँच महिनामा ५८ करोड ८८ लाख रुपैयाँ मुनाफा गरेकाे छ। यो गत वर्षको मंसीर महिनाको तुलनामा २८.२० प्रतिशतले बढी हो। त्यसैगरी दोस्रो धेरै नाफामा गर्ने विकास बैंकमा गरिमा विकास बैंक रहेकाे छ। गरिमाले मंसिरसम्ममा ५१ करोड ५३ लाख रुपैयाँ नाफाप गरेका छन् जुन गत वर्षको तुलनामा ३३.२४ प्रतिशतले बढी हो। त्यसैगरी शाइन रेसुंगाले ४७ करोड ५९ लाख रुपैयाँ,लुम्बिनी विकास बैंकले ३८ करोड ६८ लाख रुपैयाँ, कामना सेवा विकास बैंकले ३३ करोड १० लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकले २१ करोड २९ लाख रुपयाँ, सांग्रिला विकास बैंकले २० करोड २७ लाख रुपयाँ नाफा गरेका छन्। त्यस्तै ज्योति विकास बैंकले ७ करोड ४ लाख रुर्पयाँ, सिन्धु विकास बैंकले ३ करोड ६१ लाख रुपैयाँ, मितेरी डेभलपमेन्ट बैंकले ६२ लाख, ग्रिन डेभलपमेन्ट बैंकले २३ लाख रुपैयाँ नाफा गरेका छन्।
मंसीर मसान्तसम्म राष्ट्र बैंकले समस्याग्रष्त घोषणा गरेको कर्णाली डेभलपमेन्ट बैक ५ करोड १८ लाख रुपैयाँ घाटामा देखिएको छ भने कर्पोरट डेभलपमेन्ट बैंक ९१ लाख ३० हजार,नारायणी डेभलपमेन्ट बैंक १ करोड १० लाख रुपैयाँ,सप्तकोशी डेभलपमेन्ट बैंक ७ करोड १५ लाख रुपैयाँ र एक्सेल डेभलपमेन्ट बैंक १९ करोड २१ लाख रुपैयाँले घाटामा देखिएका छन्।
चालु आवको मंसीर महिनामा गत वर्षको मंसीरको तुलनामा नाफा वृद्धि गर्ने विकास बैंकहरुमा सिन्धु विकास बैंक अग्रपंक्तिमा रहेकाे छ। कम्पनीले गत वर्ष १ करोड ३८ लाख रुपैयाँ खुद मुनाफा गरेकोमा चालु आवको मंसीरमा १६१ प्रतिशतले नाफा वृद्धि गरी ३ करोड ६१ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी कामना सेवा विकास बैंकले गत वर्षको तुलनामा ६८.२६ प्रतिशत,लुम्बिनी विकास बैंकको ५८.३० प्रतिशत,शाइन रेसुंगाको ५७.३७ प्रतिशत,गरिमा विकास बैंकको ३३.२४ प्रतिशत,सांग्रिला विकास बैंकको ३३.०५ प्रतिशत र मुक्तिनाथ विकास बैंकको २८.२० प्रतिशतको नाफामा वृद्धि देखिएको हो।
महालक्ष्मी,एक्सेल, सप्तकोशी, मितेरी, ज्योति, ग्रिन,कर्पोरेट, कर्णाली र नारायणी विकास बैंकको नाफा भने गत वर्षको मंसीर महिनाको तुलनामा घटेको छ। सबैभन्दा धेरै नाफा गिरावट नारायणी डेभलपमेन्ट बैंकको रहेको छ। गत वर्षको मंसीरमा १० लाख ७० हजार नाफामा रहेको कम्पनीले चालु आवको मंसीर महिनासम्म पुग्दा १ करोड १० लाख रुपैयाँमा घाटामा रहन पुगेको छ। गत वर्ष नाफामै रहेको कर्णालीसँगै कर्पोरेट पनि चालु आवको मंसीर महिनामा घाटामा रहेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ। गत वर्ष घाटामा रहेको सप्ताकोशी र एक्सेलले भने चालु आवको मंसीर महिनामा घाटा रकम कम गर्दै लगेको राष्ट्र बैंकले जनाएको छ।