लिबर्टी इनर्जीको अवितरित हकप्रद शेयर खरिदका लागि आजदेखि बोलपत्र पेश गर्न सकिने

Jan 15, 2025 06:51 AM Merolagani



लिबर्टी इनर्जी कम्पनी लिमिटेड (LEC) ले आज (माघ २ गते) देखि अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्दैछ।

 

कम्पनीले १ बराबर ०.५० अनुपातमा निष्काशन तथा बिक्री गरेको हकप्रद शेयरमा आवेदन नपरेको हकप्रद शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो। कम्पनीले सर्वसाधारण समूहको ८ लाख २६ हजार ५७४ कित्ता अवितिरत हकप्रद शेयर लिलाम बिक्री गर्न लागेको हो।

सो शेयर खरिदका लागि इच्छुक लगानीकर्ताले माघ ९ गतेभित्र बोलपत्र पेश गर्नुपर्नेछ। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्यामा कुनै हद तोकिएको छैन।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकका विराटनगर, बीरगंज, जाउलाखेल, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट बोलपत्र आवेदन फाराम प्राप्त गर्न र बुझाउन सक्नेछन्।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।