अघिल्लो कारोबार दिन अर्थात आइतबार १२.५८ अंक बढेर २६०१.२१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.६७ अंक बढेर २६०२.८८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.८९ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा ६० स्टकको ११७ पटकको कारोबारमा ५ करोड ३८ लाख २७ हजार ३९१ रुपैयाँ बराबरको ८८ हजार ६७२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २१ स्टकको मूल्य बढेको छ भने ३३ स्टकको मूल्य घटेको छ। बाँकी ६ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।