नेप्सेले दियो वृद्धिलाई निरन्तरता, कारोबार रकम पनि बढ्यो

Jan 20, 2025 03:09 PM Merolagani



साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

सोमबार नेप्से परिसूचक ६.७८ अंक बढेर २६०७.९९ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.१० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०५ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम पनि बढेको छ। आइतबार ६ अर्ब २५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३११ स्टकको ७४ हजार ४०३ पटकको कारोबारमा ६ अर्ब ५७ करोड ४ लाख ७७ हजार रुपैयाँबराबरको १ करोड ३६ लाख ७७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ९.०५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन रिभर फल्स पावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ भने दोल्ती पावरको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ। यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्था, सुपर मादी हाइड्रोपावर र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन रिभर फल्स पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २४ करोड १ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन हिमालयन पावर पार्टनरको १८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक २.१३ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन व्यापार र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.५३ प्रतिशत घटेको छ।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।