निरन्तर तेस्रो कारोबार दिन बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

Jan 21, 2025 03:08 PM Merolagani



मंगलबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि बढिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

मंगलबार नेप्से परिसूचक ५.०८ अंक बढेर २६१३.०८ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२२ अंक र सेन्सेटिभ इण्डेक्स ०.२१ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार साढे ५ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३११ स्टकको ६९ हजार ८४० पटकको कारोबारमा ६ अर्ब १९ करोड १ लाख ४१ हजार रुपैयाँबराबरको १ करोड १६ लाख २६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन मन्दाकिनी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ९१ रुपैयाँ ५० पैसा बढेर १ हजार ६ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने न्यादि हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ। कारोबारमा आएको रिभर फल्स पावरको शेयरमूल्य यस दिन सर्वाधिक ८.९६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सिईडिबी होल्डिङ्गस शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २३ करोड ७६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको साढे २१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको साढे २० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक २.७९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन निर्जीवन बीमा र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी २.१० प्रतिशत घटेको छ भने वित्त उपसमूहको परिसूचक १.०३ प्रतिशत घटेको छ।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।