सुन र चाँदीको मूल्यमा उच्च वृद्धि

Jan 22, 2025 10:48 AM Merolagani



माघ ९ गते, बुधबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार ९०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ५८ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो । पछिल्लो दिनदेखि सुनको मूल्य निरन्तर रुपमा बढेको हो ।

त्यस्तै, चाँदीको मूल्य यस दिन प्रतितोला २० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ८९५ रुपैयाँमा किनबेच भईरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला एक हजार ८७५ रुपैयाँमा किनबेच भएको थियो ।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।