प्रि ओपन सेसन अपडेटः करिब ५ अंक बढ्यो नेप्से

Jan 23, 2025 10:53 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ५२.३६ अंक बढेर २६६५.४५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.७७ अंक बढेर २६७०.२३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.१३ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ७६ स्टकको १३० पटकको कारोबारमा ७३ लाख ५९ हजार ९८३ रुपैयाँ ३० पैसाबराबरको ११ हजार ३६१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३९ स्टकको मूल्य बढेको छ भने २९ स्टकको मूल्य घटेको छ। बाँकी ८ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




comments powered by Disqus

दुई जीवन बीमाले घोषणा गरे २० प्रतिशत माथि लाभांश, अन्यको कति ?

Jan 31, 2025 12:46 PM

बैंक तथा वित्तीय संस्थाहरुको लाभांश घोषणा क्रम करिब सकिएपछि बीमा कम्पनीहरुले विस्तारै लाभांश घोषणा गर्न थालेका छन्। अहिलेसम्म नेप्सेमा सुचीकृत १४ वटा बीमा कम्पनीमध्ये २ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन्।