रवि लामिछाने विरुद्धको मुद्दामा पहिलाे दिनकाे बहस सकियाे, परिवारको जिम्मा लगाउने आदेश

Jan 23, 2025 05:19 PM Merolagani



राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको मुद्दामा पहिलाे दिनकाे थुनछेक बहस सकिएको छ । यद्धपी उनकाे पक्षका वकिलहरूकाे पालाे भने आउन सकेन ।

रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको एकल इजलासमा थुनछेक बहस भएकाे थियाे। यसैगरी, थुनछेक बहस नसकिएपछि आज पनि उनलाई परिवारको जिम्मा लगाउने अदालतले आदेश गरेको छ ।

बिहीबार सरकारी वकिलहरु र जाहेरवालाका तर्फबाट दिनेश त्रिपाठीले बहस गरेका थिए । अब, भाेलि भने रवि लामिछानेका तर्फबाट मुद्दामा आधा दर्जनभन्दा बढी वकिलहरुले बहस गर्ने भएका छन्।




comments powered by Disqus

दुई जीवन बीमाले घोषणा गरे २० प्रतिशत माथि लाभांश, अन्यको कति ?

Jan 31, 2025 12:46 PM

बैंक तथा वित्तीय संस्थाहरुको लाभांश घोषणा क्रम करिब सकिएपछि बीमा कम्पनीहरुले विस्तारै लाभांश घोषणा गर्न थालेका छन्। अहिलेसम्म नेप्सेमा सुचीकृत १४ वटा बीमा कम्पनीमध्ये २ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन्।