|उनको मुद्दा प्रहरी वृत्त गौशालाले जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरेकाे थियाे । त्यसपछि, आज उनी धरौटीमा छाेड्न अनुमति दिएकाे थियाे ।
तर, तामाङ छुट्नासाथ गौशाला प्रहरीले उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाउने भएकाे छ ।भक्तपुरको जगातीस्थित प्रहरी वृत्तमा पनि उनीविरुद्ध मुद्दा दायर गरिएकाे छ । उनका विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।
प्रहरीले माघ २ गते, बुधबार तामाङलाई पक्राउ गरेकाे थियाे । पशुपति क्षेत्र विकास कोषले दिएकाे पत्र जाहेरी र पुस २५ को प्रहरी प्रतिवेदनका आधारमा पुस २६ गते उनलाई पक्राउ गरिएकाे थियाे । त्यसयता, उनी प्रहरी वृत्त गौशालाको हिरासतमा रहेकी थिइन् ।