सबैभन्दा धेरै स्वास्थ्य क्षेत्रका १२ , कृषि र वन क्षेत्रका १०, परिवार तथा शिशु कल्याण क्षेत्रका ७, शिक्षा र आर्थिक मामिला क्षेत्रका ६-६ कार्यक्रमहरू प्रभावित हुनेछन् । कूल ६७ वटा परियोजना-कार्यक्रमहरू अफ बजेट अर्थात् सरकारको बजेट प्रणालीमा नसमेटी एनजिओ-आइएनजिओ र थोरै संख्यामा सरकारी एजेन्सीमार्फत सञ्चालित छन् ।
अमेरिकी सहयोग नियोग (युयसएआइडी)ले आफू अन्तरगत संचालनमा रहेका १७ करोड ८१ लाख ४० हजार अमेरिकी डलर (२४ अर्ब ४ करोड ८९ लाख रुपैयाँ) बराबरका २० कार्यक्रमहरू संचालन गर्न नसकिने कार्यक्रम संचालन गर्न नसकिने जानकारी गराएको छ ।
ती कार्यक्रमहरू निम्नानुसार छन् ।
१. फिड द फ्युचर नेपाल युएसएआइडी पोल्ट्री साझेदारी
२. फिड द फ्युचर युएसएआइडी नेपाली चिया साझेदारी
३. सरकारदेखि सरकार सार्वजनिक वित्तीय व्यवस्थापन जोखिम मूल्याङ्कन युएसएआइडी जलवायु सहनशीलता नगरपालिका सेवाहरू र अमेरिका–नेपाल जैविक विविधता संरक्षण साझेदारी
४. युएसएआइडी कृषि इनपुटहरू
५. युएसएआइडी कृषि उच्च शिक्षा
६. युएसएआइडी जैविक विविधता
७. युएसएआइडी नागरिक समाज र मिडिया
८. युएसएआइडी स्वच्छ हावा कार्यक्रम
९. युएसएआइडी प्रारम्भिक कक्षामा सिकाइ
१०. युएसएआइडी शिक्षाः समानता र समावेशीकरण
११. युएसएआइडी खाद्य सुरक्षा अनुगमन
१२. युएसएआइडी विश्वव्यापी स्वास्थ्य सुरक्षा गतिविधि
१३. युएसएआइडी हाम्रो सम्मान
१४. युएसएआइडी एकीकृत पोषण
१५. युएसएआइडी विकासको लागि सिकाइ
१६. युएसएआइडी दाल सवलीकरण
१७. युएसएआइडी स्थानीय कार्य सहयोग
१८. युएसएआइडी स्थानीयकरण सहयोग
१९. युएसएआइडी सार्वजनिक वित्तीय व्यवस्थापन (दिगो वित्त)
२०. युएसएआइडी व्यापार र प्रतिस्पर्धा (उद्यम नेपाल)