कालिका लघुवित्तको नाफा उल्लेख्य बढ्यो, वितरणयोग्य मुनाफा कति?

Feb 04, 2025 10:05 AM Merolagani



कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड (KMCDB) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ४ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३४.८९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

सञ्चालन मुनाफा उल्लेख्य बढेसँगै लघुवित्तको खुद नाफा पनि उल्लेख्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४६.१० प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ४२.७३ प्रतिशत बढेको छ। त्यस्तै, समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा १३४.४७ प्रतिशत बढेको छ। दोस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा २ करोड ६३ लाख रुपैयाँ रहेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ११ रुपैयाँ ४ पैसा बढेर २० रुपैयाँ ६८ पैसा पुगेको छ। पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४९.३७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ २४ पैसा रहेको छ। त्यस्तै, लघुवित्तको प्रतिशेयर वितरणयोग्य आम्दानी १२ रुपैयाँ ९३ पैसा रहेको छ।

४० करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २९ करोड ४ लाख रुपैयाँ सञ्चित छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले ३ अर्ब ९५ करोड ६२ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ४७ करोड ४९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।




comments powered by Disqus

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट

Mar 07, 2025 10:35 AM

फागुन २३ गते, शुक्रबार, नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।