गत साता साढे १ प्रतिशत बढेको नेप्से, यस साता के होला?

Feb 09, 2025 06:09 AM Merolagani



गत साता नेप्से परिसूचक साढे १ प्रतिशत बढेर बन्द भएको थियो। अघिल्लो साता २६५७.७७ विन्दुमा बन्द भएको नेप्से, गत साता १.५८ प्रतिशत अर्थात ४२.०४ अंक बढेर २६९९.८१ विन्दुमा पुगेको छ।

सो साता ५ कारोबार दिनमध्ये २ कारोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन घटेको थियो। सो साताको पहिलो कारोबार दिन अर्थात आइतबार नेप्से उच्च अंक बढेर बन्द भएको थियो।

 

प्रतिरोध परीक्षण गरी फर्कियो

गत साता नेप्सेले २७६० देखि २८०० को प्रतिरोध परीक्षण गरेको थियो। गत साताको दोस्रो कारोबार दिन नेप्सेले सो क्षेत्र परीक्षण गरेको हो। सोपश्चात भने नेप्से घटेको थियो। आगामी दिनमा नेप्से ओरालो लागेमा २४४० देखि २५०० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

बिक्रीकर्ता हाबी

साप्ताहिक रुपमा गत साता नेप्सेले बियरिश पिन बार मैनबत्ती बनाएको छ। यसले सो साता बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ। साताको अन्तिम तीन कारोबार दिन पनि नेप्सेले रातो मैनबत्ती बनाएको थियो। जसले ती दिनहरुमा पनि बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

बलियो भोल्यूम

गत साता नेप्सेसँगै भोल्यूम भने बलियो रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा १० अर्ब ३९ करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ७ अर्ब ८५ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ३२.३५ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

गत साता नेप्सेको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ। त्यस्तै, यी दुबै रेखा र नेप्सेको हिस्टोग्राम सकारात्मक क्षेत्रमा रहेको छ। यसले गत साता बजार बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्त्यतिर भने हिस्टोग्रामको उचाई घट्दो क्रममा रहेको छ।

खरिदबिक्री चाप सन्तुलनमा

गत साता स्टकास्टिक आरएसआईमा नेप्से परिसूचक न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा खरिदबिक्री चाप सन्तुलित रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)