बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति प्रकृया रोचक मोडमा, कसकाे सम्भावना कति?

Feb 18, 2025 06:18 AM Merolagani



नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि ५ जना सर्टलिस्टमा परेका छन् ।

आवेदन दिएका १२ जनामध्ये अध्यक्ष छनोट समितिले कमलप्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडाशैनी र शरद ओझालाई अन्तर्वार्तामा बोलाएको छ। अन्तर्वार्ता यही शनिबार हुँदैछ।

बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाललाई नागरिकता सम्बन्धी कसुर लागेपछि प्राधिकरणमा अध्यक्ष पद रिक्त छ।


सरकारले पुस २६ गते अध्यक्षका लागि १५ दिनको समय दिएर आवेदन खुलाएको थियो । छनोट समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीको संयोजकत्वमा अर्थ सचिव घनश्याम उपाध्याय र ज्योतिचन्द्र ओझा सदस्य रहेका छन्।

आवेदकहरूको कार्य योजनासहितको प्रस्तुती पछि अर्थ मन्त्रालयले तीन जनाको नाम मन्त्रिपरिषदमा पठाउने छ।

मन्त्रिपरिषदले ३ जनाबाट १ जनालाई अध्यक्षमा चयन गर्नेछ। अध्यक्षको कार्यकाल चार वर्षको हुन्छ।

सिफारिसमा परेका ५ जनामध्ये रेग्मी प्राधिकरणका बहालवाला निर्देशक हुन् । ताप्लेजुङका रेग्मी राजनीतिकरुपमा अस्थिर रहेकोले कुनै पनि राजनीतिक पार्टीले काँध हाल्न नसकेका व्यक्तिको रुपमा चिनिन्छन् ।

राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएपछि प्राधिकरणको अध्यक्ष भइसकेका चापागाई पूर्व अर्थमन्त्री तथा माओवादी नेता जनार्दन शर्मा र वर्षामान पुनका ‘खासमान्छे’ मानिन्छन् ।

स्वास्थ्य बीमा बोर्डको अध्यक्ष हुँदा विभिन्न विवादमा परेका लमजुङका वसौला कांंग्रेस कार्यकर्ताको रुपमा चिनिन्छन् । त्यसमध्ये पनि पूर्व अर्थमन्त्रीद्धय डा.प्रकाश शरण महत र रामशरणका नजिकका मान्छेको रुपमा चिनिन्छन् ।

पूर्व अर्थसचिव पुडासैनी भने अर्थमन्त्री विष्णु पौडेल नजिकका हुन् । पौडेलको जोडबल पुडासैनीलाई बनाउने रहने अर्थमन्त्रालय स्रोतको भनाइ छ ।

तर, प्राधिकरणको अध्यक्षको लागि ‘बुढानिलकण्ठ’ काे बलियाे उम्मेदवारकाे रूपमा ओझालाई हेर्न थालिएकाे छ । यसले गर्दा प्राधिकरणको अध्यक्ष नियुक्ति प्रकरण रोचक मोडमा पुगेको छ । ‘मुख्य प्रतिस्पर्धा पुडासैनी र ओझाबीच नै हुने देखिएकाे छ।

 




comments powered by Disqus

गभर्नर अधिकारीकाे बिदाइ र नयाँ नियुक्तिको दिनगन्ती सुरु, निर्णायक चार शक्ति केन्द्र र दौडमा रहेका चार मुख्य पात्र

Feb 13, 2025 03:53 PM

गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल समाप्तिको दिनगन्ती शुरु भएपछि नेपाल राष्ट्र बैंक र बैंक  तथा वित्तीय संस्था भित्र मात्र होइन, नेपालको आर्थिक क्षेत्रको बारेमा चासो राख्ने जो कोहीले पनि प्रश्न गर्न थालेका छन-अबको गभर्नर को ?