नेप्से घट्ने क्रम जारी, कारोबार रकम भने सामान्य बढ्यो

Mar 11, 2025 03:07 PM Merolagani



मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्लो ६ दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक ३२.२१ अंक घटेर २७१९.२० विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.२८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०६ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ८ अर्ब ३७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०३ स्टकको ९२ हजार ३१ पटकको कारोबारमा ८ अर्ब ३९ करोड ११ लाख ४९ हजार रुपैयाँबराबरको १ करोड ५५ लाख ५९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन महालक्ष्मी विकास बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो बैंकको शेयरमूल्य यस दिन ४० रुपैयाँ ५० पैसा बढेर ४४६ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। मूल्य बढेका अन्य स्टकहरुको वृद्धिदर भने साढे ३ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ६.६९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५८ करोड ६५ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको ५३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने महालक्ष्मी विकास बैंकको ४३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक १.९३ प्रतिशत बढेको हो। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.४९ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।