सुनको मूल्यले बनायो नयाँ रेकर्ड

Mar 18, 2025 10:42 AM Merolagani



चैत ५ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएकाे छ। यस दिन सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँले बढेर रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ। सोमबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यसभन्दा पहिलो गत चैत १ गते शुक्रबार सुनकाे मूल्यले रेकर्ड बनाएकाे थियाे। साे दिन सुन प्रतिताेला एक लाख ७४ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियाे। साे दिनको उचाईलाई ब्रेक गर्दै यस दिन सुनकाे मूल्यले नयाँ उचाई बनाएको हो।

यस दिन चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला दुई हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। साेमबारको बजारमा चाँदी प्रतितोला दुई हजार ४० रुपैयाँमा कारोबार भएको थियो।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।