सुनको मूल्यले बनायो नयाँ रेकर्ड

Mar 18, 2025 10:42 AM Merolagani



चैत ५ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएकाे छ। यस दिन सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँले बढेर रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ। सोमबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यसभन्दा पहिलो गत चैत १ गते शुक्रबार सुनकाे मूल्यले रेकर्ड बनाएकाे थियाे। साे दिन सुन प्रतिताेला एक लाख ७४ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियाे। साे दिनको उचाईलाई ब्रेक गर्दै यस दिन सुनकाे मूल्यले नयाँ उचाई बनाएको हो।

यस दिन चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला दुई हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। साेमबारको बजारमा चाँदी प्रतितोला दुई हजार ४० रुपैयाँमा कारोबार भएको थियो।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।