गत साता करिब साढे २ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Mar 23, 2025 06:36 AM Merolagani



गत साता नेप्से परिसूचक करिब साढे २ प्रतिशत घटेर बन्द भएको छ। अघिल्लो साता २७३६.४८ विन्दुमा बन्द भएको नेप्से, गत साता २.४५ प्रतिशत अर्थात ६७.१७ अंक घटेर २६६९.३१ विन्दुमा झरेको छ।

गत साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। ती सबै दिनहरुमा नेप्से घटेर बन्द भएको थियो।

 

टेवा क्षेत्रमा

गत साता नेप्से परिसूचक घटेर टेवा क्षेत्रमा पुगेको छ। हाल नेप्सेको टेवा क्षेत्र २६३० देखि २६२८ सम्म रहेको छ। आगामी दिनमा नेप्सेले सो क्षेत्रमा टेवा पाएर उकालो लागेमा २७५० देखि २८०० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

बिक्रीकर्ता हाबी

साप्ताहिक रुपमा गत साता पनि नेप्सेले बियरिश मारुबोजु मैनबत्ती बनाएको छ। यसले गत साता बजारमा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ। त्यस्तैm गत साताभरी नै नेप्सेले रातो मैनबत्ती बनाएको थियो। जसले ती सबै दिनहरुमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

कमजोर भोल्यूम

गत साता नेप्सेको भोल्यूम पनि कमजोर रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ५ अर्ब २६ करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ९ अर्ब ३४ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ४३.६८ प्रतिशत कम हो।

बियरिश प्रवृत्ति

प्राविधिक विश्लेषणको अर्को उपकरण एमएसिडीमा गत साता नेप्सेको एमएसिडी रेखा सिग्नल रेखाभन्दा तल रहेको छ र यी दुबै रेखाहरु बीचको दूरी फराकिलो रहेको छ। त्यस्तै, हिस्टोग्राम पनि नकारात्मक क्षेत्रमा रहेको छ। यसले गत साता बजारमा बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

बिक्री चाप बढी

गत साता नेप्सेको स्टकास्टिक आरएसआई ओभरसोल्ड जोनमा झरेको छ। यसले सो साता बजारमा खरिदचापको तुलनामा बिक्रीचाप बढी रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।