निरन्तर छैठौँ कारोबार दिन घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

Mar 23, 2025 03:26 PM Merolagani



साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्लो ५ कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

आइतबार नेप्से परिसूचक ५४.६२ अंक घटेर २६१४.६८ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ८.३७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.७० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८६ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार साढे ४ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१७ स्टकको ७२ हजार २६५ पटकको कारोबारमा ६ अर्ब ३२ करोड १ लाख ४१ हजार रुपैयाँबराबरको १ करोड २३ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन मूल्य बढेका स्टकहरूकाे वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ। यस दिन मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन १७८ रुपैयाँ २० पैसा घटेर १ हजार ६०३ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४२ करोड ६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब ३६ करोडको शेयर कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको करिब ३५ करोडको शेयर किनबेच भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक २.९९ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।