नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ७९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य भने १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला दुई हजार २० रुपैयाँमा खरिदबिक्री भएको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
