प्रि ओपन सेसन अपडेटः करिब साढे १ अंक घट्यो नेप्से

Apr 07, 2025 10:54 AM Merolagani
2
0



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ३.३५ अंक बढेर २७०३.३९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.३० अंक घटेर २७०२.०९ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१० अंक घटेको छ।

सोमबार प्रि ओपन सेसनमा ३६ स्टकको ६९ पटकको कारोबारमा ३१ लाख २१ हजार ६३९ रुपैयाँ २० पैसाबराबरको ५ हजार ८१४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १६ स्टकको मूल्य बढेको छ भने २० स्टकको मूल्य घटेको छ।




पिए भूपदेव र प्रहरी प्रमुख राजु पाण्डेलाई कारवाही गर्ने दबाब पछि गले बालेन, गुरागाईसंगको सम्वन्ध कसरी मिलाउलान् ?

Apr 12, 2025 06:19 PM

सधै आक्रामक रहने काठमाडौं महानगरपालिका मेयर बालेन साह अहिले चौतर्फीरुपमा एक्लिएपछि तनावमा परेका छन् । यसै पनि कम बोल्ने र कर्मचारी तथा जनप्रतिनिधिलाई कमै मात्र भेटने साहले अघिल्लो विहीबारप्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय प्रवेशमा रोक लगाउने आफ्नो प्रयास असफल भएपछि निराश भएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।