२०८१ सालमा करिब साढे ३१ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो?

Apr 14, 2025 05:42 AM Merolagani



वि.सं २०८१ सालमा समग्रमा नेपाली शेयर बजार सकारात्मक रह्यो। गत वर्ष नेपाली शेयर बजारको सूचक नेप्से, करिब साढे ३१ प्रतिशत बढेर बन्द भयो।

२०८० को अन्तिम कारोबार दिन अर्थात चैत २८ गते २०२५.७० विन्दुमा बन्द भएको नेप्से, २०८१ मा २६६२.०८ विन्दुमा पुगेको छ। यो ३१.४२ प्रतिशत अर्थात ६३६.३८ विन्दुको वृद्धि हो। त्यस्तै, गत वर्ष सेन्सेटिभ इण्डेक्स २४.६४ प्रतिशत (८८.२५ अंक) बढेको छ भने फ्लोट इण्डेक्स ३०.७४ प्रतिशत (४२.१२ अंक) र सेन्सेटिभ फ्लोट इण्डेक्स २८.२१ प्रतिशत (३३.०२ अंक) बढेको छ।

गत वर्ष सबै उपसमूहका परिसूचक बढेका छन्। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ६४.४४ प्रतिशत बढेको थियो। त्यस्तै, सो वर्ष लगानी उपसमूहको परिसूचक करिब ४७ प्रतिशत बढेको छ भने अन्य उपसमूहको परिसूचक साढे ४१ प्रतिशतभन्दा बढी बढेको छ।

सबैभन्दा कम बढ्ने उपसमूह भने उत्पादन तथा प्रशोधन रहेको छ। सो उपसमूहको परिसूचक गत साता ३.९० प्रतिशत बढेको थियो।

अंकका आधारमा भने गत वर्ष जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक बढेको छ। गत वर्ष सो उपसमूहको परिसूचक २ हजार ९६१.३८ अंक बढेको छ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।