२०८१ सालमा करिब साढे ३१ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो?

Apr 14, 2025 05:42 AM Merolagani



वि.सं २०८१ सालमा समग्रमा नेपाली शेयर बजार सकारात्मक रह्यो। गत वर्ष नेपाली शेयर बजारको सूचक नेप्से, करिब साढे ३१ प्रतिशत बढेर बन्द भयो।

२०८० को अन्तिम कारोबार दिन अर्थात चैत २८ गते २०२५.७० विन्दुमा बन्द भएको नेप्से, २०८१ मा २६६२.०८ विन्दुमा पुगेको छ। यो ३१.४२ प्रतिशत अर्थात ६३६.३८ विन्दुको वृद्धि हो। त्यस्तै, गत वर्ष सेन्सेटिभ इण्डेक्स २४.६४ प्रतिशत (८८.२५ अंक) बढेको छ भने फ्लोट इण्डेक्स ३०.७४ प्रतिशत (४२.१२ अंक) र सेन्सेटिभ फ्लोट इण्डेक्स २८.२१ प्रतिशत (३३.०२ अंक) बढेको छ।

गत वर्ष सबै उपसमूहका परिसूचक बढेका छन्। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ६४.४४ प्रतिशत बढेको थियो। त्यस्तै, सो वर्ष लगानी उपसमूहको परिसूचक करिब ४७ प्रतिशत बढेको छ भने अन्य उपसमूहको परिसूचक साढे ४१ प्रतिशतभन्दा बढी बढेको छ।

सबैभन्दा कम बढ्ने उपसमूह भने उत्पादन तथा प्रशोधन रहेको छ। सो उपसमूहको परिसूचक गत साता ३.९० प्रतिशत बढेको थियो।

अंकका आधारमा भने गत वर्ष जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक बढेको छ। गत वर्ष सो उपसमूहको परिसूचक २ हजार ९६१.३८ अंक बढेको छ।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।